नेपाल विश्वकै सुन्दर शान्त, विशाल तथा प्राकृतिक छटाले भरिपूर्ण देश हो । हिमाल, पहाड तथा तराईको समथर भूमिभुभागमा विभाजित रहेको नेपाल जैविक विविधता तथा कला, संस्कृति सम्पदामा धनि देश हो । नेपाल बहुजातिय, बहुसांस्कृतिक देश विश्वकै उत्कृष्ट हावापानी रहेपनि दिनानु प्राकृतिक प्रकोपका घटनाहरू निरन्तर रूपमा घटिरहनु मुख्य कारण अव्यवस्थित बसाई सराई, बनजंगल फडानी, जलबायु परिवर्तन औधाेगिकरण प्रमुख कारणहरु रहेको छ । यसैको फलस्वरुप देशका पहाडी भूभागहरुमा बाढी, पहिरो, भू–क्षय, बस्ती डुबानका घटनाहरु क्रमशः बढ्दै गइरहेको छ ।
गत भदौ १० गते माथिल्लो त्रिशुलीको भोटेकोशीमा बाढी पहिरो आउनु भन्दा अगावै विभिन्न सञ्चार माध्यमबाट हिम पहिराे आउने चेतावनी जारी गरिएकाे थियाे तर कसैले पनि यस बिषय कसैले गम्भिर रूपमा लिएकाे थिएन । नत यस बिषयमा स्थानीय तथा नेपाल सरकारले नै बाढिपहिराेबाट बच्न ठाेस कदम नै चाल्नु भयाे ? नत बाढी पहिराे आउनु भन्दा अगाडि व्यवस्थित रूपमा सुचना आदानप्रदान गरियाे । अहिले यस बाढि पहिराेबाट रसुवा, नुवाकोट, र धादिङ लगायतका तल्लो तटीय जिल्लाहरूमा अर्बौँको भौतिक क्षति र ठूलो मानवीय सङ्कट उत्पन्न भएकाे छ । पछिल्लो प्रतिवेदन अनुरुप हालसम्म १,३८६ जनाको शव फेला परिसकेको छ, ती जसमध्ये चितवन, नुवाकोट, रसुवा र धादिङमा सबैभन्दा धेरै हताहती भएको पाइएको छ । अझै पनि ४,०८९ जना भन्दा बढी मानिस सम्पर्कविहीन भएका जिवीत नागरिकहरूकाे बचाउनका लागि सरकारले ठाेस कदम चाल्नु पर्ने देखिन्छ ।
नेपालको प्राकृतिक प्रकोपको इतिहासमै अहिलेसम्मकै ठूलो क्षति भएको प्राकृतिक प्रकोप मानिएकाे यस भोटेकोशी बाढि पहिरोबाट ७,५७० वटा निजी घरहरू पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त बनाएको छ । कूल आर्थिक नोक्सानीको प्रारम्भिक भौतिक क्षति ६७ अर्ब ८७ करोड रुपैयाँ बराबरको भएको छ भने समग्र क्षेत्रको पुनरुत्थान र पुनर्निर्माणका लागि १ खर्ब ३ अर्ब ५४ करोड रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ। पूर्वाधार क्षेत्रमा पुगेको ठूलो क्षतिबाढी र लेदोको तीव्र बहावले नदी तटका प्रमुख भौतिक संरचनाहरू सखाप पारेको छ, जसमा पूर्वाधारतर्फ मात्रै करिब ९० अर्बको नोक्सानी भएको छ ।
आधुनिकताको विकाससँगै प्रकृति दोहनको मार आदिबासी जनजातिको अस्तित्व नै संकट पर्न थालिएको छ । यस भोटेकोशी बाढिका कारण नुवाकोटको नेवार, बस्ती, तामांग बस्ती नै सखाप हुने गरि बगाएको छ । जसबाट परापूर्वकालदेखि बसाेबास गर्दै आइरहनु भएका आदिबासीहरूका थातथाले तथा पहिचान नै अहिले मेटिएकाे अवस्था छ । निजी स्वार्थका जलविद्युत आयोजना निर्माण, अव्यवस्थित शहरीकरण, ब्यापारको नाउँमा विभिन्न उध्याेगहरू निर्माण हुनु नै प्रकृति दोहन हुनेकाे मुख्य कारण बनेको छ ।
मानव सभ्यताको इतिहास केलाउने हो भने मानिसको जन्मदेखि मृत्य प्रकृतिमै हुन्छ । विश्वमा जे जति मानव सभ्यताको विकास, आविस्कार भयो ति सबैको विकास यस धर्तिमै भएको हो । संसारमा जन्मिएपछि एक न एक दिन ढिलो या चाडो सबैको अन्त्य निश्चितै छ । तसर्थ सम्पूर्ण मानव जातिले प्राकृतिक नियम बमोजिम चल्न सधैं प्रयत्नरत हुनुपर्दछ । मानिस जति सुुकै धनि भए पनि, शक्तिशाली भएपनि उस्ले प्रकृति माथि कहिल्यै पनि विजय हासिल गर्न सकिदैन । नत अहिलेसम्म प्रकृतिमाथि मानिसले प्रकृतिमाथि जितेको इतिहासमै भेट्न सकिन्छ । जसरी दिनलाई रात र रातलाई दिन गर्न सकिदैन त्यस्तैगरी प्राकृतिक नियमलाई कहिल्यै पनि परिर्वतन गर्न सकिदैन । तसर्थ प्रकृति जस्तो अवस्थामा छ त्यस्तै अवस्थामा प्रकृतिलाई रहन दिनुपर्छ ।
जलवायु परिवर्तन असर बारेमा अहिले पाठ्यक्रममा लागू गरिनुपर्ने देखिन्छ भने नेपाल र चीन सरकारबीच हिमपहिराे तथा प्राकृतिक प्रकाेपबीच निरन्तर रूपमा सुचना आदानप्रदान गरिनु पर्ने देखिन्छ । प्रकृति नै सच्चा भगवान्काे स्वरूप हाे । प्रकृति विरूद्व कार्य गर्नाले मानव स्वयम् मानव पापकाे भागीदारी हुनुपर्छ । यस बिषयमा गम्भिरमा छलफल प्रचार, प्रसार गरिनु पर्ने देखिन्ख । यसका अलावा प्रकृतिलाई माया गर्ने संस्कार अहिलेका युवा पुस्ताहरुलाई शिक्षा मार्फत चेतना दिलाउनु पर्ने देखिन्छ । यस बिषयमा नेपालले सरकार तथा स्थानीय, प्रदेश सरकारले पहलकदमी भूमिका खेलेर प्राकृतिक विपत्ति रोक्न सकिन्छ ।
रीदेन महर्जन
9849132788

No comments:
Post a Comment