कालचक्र
-सिद्धिदास अमात्य
जिगूू जिगू धागू कर्क्या जू वनी का लिपा।
आयू हे थवगू सीकी मेगु छुं मदुका थवो।।१।।
संसारे जन्म झी जूया हैकी आयुख का हल।
आयूू हे सकतां सीकी थःगु चीज व वस्तु का ।।२।।
आपाजा मदु खंपिं का ह्यूगू संसार चक्र का ।
न्हापां झीगु लिपा कर्क्या ज्वोगु वस्तुुत फुक्क का।।३//
-बुद्ध धर्म व नेपालभासा , ने. सं. १०४६
नेपाल भाषा ब्याख्या
नेपाली भाषामा ब्याख्या
कालचक्र र समयलाई बोध गरी लेखिएको कविता हो । कविताका रचनाकार नेपालभाषाका चार खम्बा मानिएका सिद्धिदास महाजूद्धारा लेखिएको कविता हो । नेपाल काव्य साहितय महाकावि चिपरिचित महत्वपूर्ण योगदान दिइ नेपालभाषालाई पूर्ण जीवन दिनु भएको थियो । साहित्यलाई आफ्नो तन मन, धन लगायत अर्पण गरिदै आफु गरिबीको मारमा परेता पनि साहित्यलाई धनी बनाउनु भएको थियो । नेपालभाषा पत्रिकाको पहिलो पत्रिका बुद्ध धर्म र नेपाल १०४५ हो ।
उनले रामायणलाई नेपाल भाषामा अनुवाद गर्नुका साथै नैतिकतासँग सम्बन्धित निकै कविताहरू रचना गर्नुका साथै सज्जन हृदयाभरण, सत्यसती, संवाद, सिद्धिदास थःगु मिखाय् व शिवविलास कथा आदि दर्जनौ कृतिहरु रचना गरेका छन् ।
नेपाल भाषा कविता संग्रहमा प्रकाशित भएको काल चक्र कविता मध्ये काल चत्र पनि एक हो । समयलाई बाध गरिएर लेखिएको कविता हो । समय भनेको कहिले पनि स्थिर हुँदैन । समय सधै परिर्वतनशील भई रहन्छ भनी प्रस्तुत गरिएको छ । मानवले आफ्नो हो भनी बसि रहनु भएको छ । सायद त्यो हिजो अरु कसैको थियो । त्यसपछि आफ्नो भई पछि मृत्यु पर्यन्त अर्काेको हुने हो भनी कविता मार्फत आम मानव जगतलाई सन्देश दिइएको छ। हाम्रो आफ्नो भन्ने यो जगतमा केही पनि छैन । हाम्रो जीवनमात्रै आफ्नो हो । त्यो पनि परिर्वतन शील भई मृत्यृु पश्चात केही हुँदैन भनी समयलाई निरन्तरता अस्थिरता भई परिर्वतन हुने हो भन्ने काव्य मार्फत अभिव्यक्ति गरिएको छ।
आयु जीवन बाहेक बाह्य बस्तुत अरु केही आफ्नो हुँदैन त्यसकारण घमण्ड गर्नु हुँदैन किनभने आयु सकियो भने सबै बस्तुहरु अरुको हुने त्यसकराण कालचक्र निरन्तर रुपमा घुमि अगाडी बढी रहन्छ । त्यस कराण हामी काम क्रोध, लोभ मोहमा भुलि बस्नु हुँदैन । ज्ञान लिन सक्नु पर्दछ । अज्ञानी भई बाँचि रह्यो भने पश्चाताप जीवन विताउनु पर्ने कुरा प्रस्तुत गरिएको छ ।
No comments:
Post a Comment